
पूर्णपुष्टि/उदयपुर, पुस ७ ।
उदयपुरकाे त्रियुगा नगरपालिकाका वडा सदस्यहरुले नगरपालिकाकाे नयाँ भवनकाे शिलामा आफुहरुकाे पनि नाम लेख्न माग राखेका छन् । आजकाे १६ ओैं नगरसभा सुरु हुन अघि सदस्यहरुले यस्ताे माग राखेका हुन् ।
शिलामा मेयर, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यसमेतकाे नाम हुँदा वडा सदस्यहरुकाे नाम नहुनुमा आपत्ति जनाएका छन् । आज नगरसभा सदस्यकाे रुपमा उपस्थित उनिहरुले संयुक्त हस्ताक्षरसहित नाम लेख्न माग गरेका छन् । माग पूरा नगरे आगामी १७ ओैं नगरसभामा उपस्थिति नजनाउने चेतावनी दिएका छन् । १६ वडाका ५८ जना सदस्यहरुले संयुक्तरुपमा मागपत्र बुझाएकाे २ नं. वडासदस्य अर्जुन पाेखरेलले बताउनुभयाे ।
