Sunday, April 19News That Matters

रौतामाई धार्मिक संस्थाको अध्यक्षमा शुक्रराज राई चयन

पूर्णपुष्टि, उदयपुर, पुष ६ गते ।
रौतामाई धार्मिक संस्थाको अध्यक्षमा युवा नेतृत्व शुक्रराज राई चयन भएको छ । शनिवार राईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । । उपाध्यक्षमा नेत्र बहादुर मगर, कोषाध्यक्षमा धन कुमारी राउत, सचिवमा साईमन राई, सहसचिवमा पुष्पराज गुरागाई चयन भएको छ भने, सदस्यहरुमा सुरेश अधिकारी, अनिल चाम्लीङ, कृष्ण कुमारी राई, कल्पना आचार्य, कौशल कार्की, दिपिन्द्र वस्नेत, गोविन्द्र प्रसाद आचार्य रहेका छन् । रौतापोखरीको संरक्षण तथा पर्यटकीय वातावरणमा सुधार गर्ने उदेश्य सहित उक्त समितिचयन भएको अध्यक्ष शुक्रराज राईको भनाई छ । राईले बिगत देखीनै रौता पोखरीको गलत कामको बिषयमा बाराम्वार कुरा उठाउँदै आएका थिए । उदयरकै धार्मिक तथा प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको रौता पोखरीको नाममा बनेको बिभिन्न संस्थाहरुले कमाई खाने भाँडोको रुपमा लिएको राईको भनाई छ । अब यसलाई पार्दर्शी र बिवाद रहित रौता पोखरी निर्माण गरिने राईले जनाएको छ ।