
पूर्णपुष्टि, भदौ २२ गते ।
नवजात शिशुको हत्या गरि फरार रहेका एक युवकलाई ९ वर्ष पछी जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ का ४३ वर्षीय प्रेम कुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतले २०७० साल असार ७ गते नवजात शिशुलाई कर्तब्य गरी हत्या गरेको आरोपमा जिल्ला अदालत धनकुटाको २०७४ साल कार्तिक २० गतेको फैसला आदेशले २५ बर्ष कैद सजाय तोकिएकोमा उनी फरार रहेको थिए ।
फरार रहँदै आएका राउतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले २०७९ भदौ २० गते काठमान्डौबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई जिल्ला अदालत धनकुटामा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारगार पठाएको छ ।

