
पूर्णपुष्टि, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार आयोजना गरेको जेनजी युवाहरूसँगको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीलाईमात्र शितल निवासभित्र प्रवेश गर्न दिएको भन्दै नाराबाजी समेत गरेका छन् ।
अहिले शीतल निवास अगाडि ठूलो संख्यामा जम्मा भएका युवाहरूले आफूहरूलाई पनि छलफलमा सहभागी गराउन माग गरिरहेका छन् । प्रहरीले परिस्थिति नियन्त्रणमा लिन उनीहरूलाई सम्झाउने प्रयास गरिरहेको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन् । अहिले शीतल निवासमा छलफल जारी छ ।
