Thursday, May 21News That Matters

शुद्धिकरण बारे पर्चासहित पत्रकार महासंघ उदयपुरमा मध्येरातमा ताला

पूर्णपुष्टि, असाेज २७ ।
पत्रकार महासंघ शाखा उदयपुरमा गएराती अज्ञातढंगले ताला लगाएकाे छ । तालासंगै पर्चा राखिएकाे छ । पर्चामा लेखिएकाे छ -“सदस्यता शुद्धिकरण संशाेधन गर, गैरपत्रकार र आसेपासेलाई पत्रकार बनाउन पाईदैन”
तालाबन्दीमा महासंघभित्र बसेका पत्रकार बुद्धि चामलिङ्ग थुनिएका छन् । पत्रकार राई महासंघ कार्यसमिति सदस्य हुन् ।
अघिल्लाे दिन पत्रकार महासंघ केन्द्रले सदस्यता सुद्धिकरणकाे नाम सार्वजनिक गरेकाे थियाे ।
पत्रकार राई विहान बाहिर निस्कन खाेज्दा ताला लगाएकाे थाहा पाएका थिए । आफू सुतेकाे बेला मध्यरातमा ताला लगाएकाे हुनसक्ने पत्रकार राईकाे भनाई छ ।
महासंघ शाखा अध्यक्ष भरत खड्काले घटनाले अराजकता र असुरक्षा देखाएकाे बताए । “जाे काेहीले गरेकाे हाेस् याे अराजकताकाे पराकाष्ठा हाे, यसकाे घाेर निन्दा गर्छाै।” अध्यक्ष खड्काले भने “अनुसन्धान गरि कारवाहीकाे दायरामा ल्याउनेछाैं ।”
महासंघ शाखाले जिल्ला प्रहरीलाई जानकारी दिई अनुसन्धान गर्न अनुराेध गरेकाेछ । प्रहरीले मुचुल्कासहित ताला ताेडेकाे छ । अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएकाे छ ।