
धनकुटा,बैशाख ९ गते ।
धनकुटा छथरजोरपाटी–४ पानी ट्याङ्की निबासी ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ ।
सोमबार विहान करिब ७ बजे श्रीमान श्रीमती विच घरायसी बिषयमा वादबिबादपछि झगडा हुदा श्रीमती धनमाया लिम्बुले ईन्द्रबहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनामा संम्लग्न धनमायालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाएको जिप्रकाले जनाएको छ ।
