श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

पूर्णपुष्टि, पुष ७
संखुवासभाको पाचखपन नगरपालिका–३ का दिपन राई आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् । २९ वर्षीया श्रीमती बिष्णु माया राईको हत्या अभियोगमा राई पक्राउ परेका हुन् ।
पुष ५ गते राती १२ बजे बिष्णु माया मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गएको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरिरमा केही चोट पटक देखे संगै घटना बारेमा सुक्ष्म अनुसन्धान थालेको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान संगै मृतकलाई पोष्टमार्टमको लागी धरान पठाएको थियो । अन्य अनुसन्धान जारी नै रहेकोमा बिष्णु मायाको आत्महत्या तथा भवितव्य बाट मृत्यु नभई कर्तब्यबाट हत्या भएको खुल्न आएसंगै मृतककै श्रीमान दिपन राईलाई पक्राउ गरिएको हो । राई आफैले हत्या गरेको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
राईले श्रीमतीसंग सामान्य बिषयमा वादविबाद हुँदा आफ्नो रिशको आवेगलाई थाम्न नसक्दा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: