उदयपुरमा महिला सुरक्षावासको अवस्था, चुनौती तथा दिगोपनाको लागि पत्रकारको भूमिका विषयमा अन्तरक्रिया

पूर्णपुष्टि, पुष ७
उदयपुरको सुरक्षावासको अवस्था र व्यवस्थापन बारे महिला पुनस्थापना केन्द्र (ओरेक) ले पत्रकारहरुबीच अन्तरक्रिया तथा छलफल गरेको छ । ओरेकको आयोजना तथा पत्रकार महासंघ उदयपुरको समन्वयमा बुधबार सुरक्षावासको अवस्था, चुनौती तथा दिगोपनाको लागि पत्रकारको भूमिका विषयमा अन्तरक्रिया तथा छलफल भएको हो ।
अन्तरक्रिया कार्याक्रममा ओरेक उदयपुरको संयोजक पम्फा पुरीले जिल्लामा हिंसा प्रभावित महिलाको अवस्था तथा सुरक्षावासको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार हिंसा प्रभावित महिलाहरुलाई समुदायमा पुन स्थापित गर्न सुरक्षावास तथा मनोविमर्सकर्ताको ठूलो भूमिका रहेको बताउनुभयो ।
संयोजक पुरीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा २ सय ५७ जना हिंसा प्रभावित महिलाहरु रहेका छन् । जसमध्ये ७८ जनाले सुरक्षावासको सेवा लिएका छन् । जिल्लाको चार पालिका त्रियुगा, बेलका, कटारी र उदयपुरगढीमा सुरक्षावास स्थापना भएको छ । हिंसा प्रभावित महिलाको सुरक्षाको लागि प्रत्येक पालिकामा सुरक्षावास स्थापना गर्नु पर्ने संयोजन पुरीले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, महासंघको  अध्यक्ष भरत खड्का, शाखा सल्लाहाकार भोटराज राई, महिला अधिकार कर्मी माया भण्डारी लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0