एमसीसी अमेरीका–चिन बिच युद्ध मैदानको रणनीति : माओवादी मजदुर

पूर्णपुष्टि, पुष ७
माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समितिले एमसीसी सड्यन्त्रकारी एजेन्डा रहेको जनाएको छ । नेपाली जनताहरुको हित विपरित सम्झौताको प्रयास रहेको एमसीसी प्रति माओवादी मजदुर पार्टीले पूर्ण बिरोध गर्दै आएको जनाए । उनिहरुले नेपालमा एमसीसी युद्ध मैदानको रुपमा परिणत हुने समेत संकेत गरेको छ ।

पार्टीको प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ, नेपाल जस्तो स्वतन्त्र र असल देशमा एमसीसी जस्तो हस्तक्षेप र राष्ट्रघातको सँधै बिरोध गर्नेछौँ । पार्टीले एमसीसीलाई अमेरीकाको राष्ट्रघाट षड्यन्त्रकारी रणनैतिकको आरोप समेत लगाएको छ । पार्टी केन्द्रीय माहासचिव हिमाल सिंह राईको हस्ताक्षर बिज्ञाप्तीमा एमसीसी ख्यारेजको माग गर्दै राष्ट्र रक्षाको लागि एमसीसी बिरुद्ध पार्टी संघर्षमा उत्रिने चेतावनी दिँदै सरकारलाई चुनौती समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0