
पूर्णपुष्टि, बैशाख ३१ । काठमाण्डौँको टोखामा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–८ बस्ने मोतीमाया पौडेलको हत्या आरोपमा उनकै श्रीमान धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार राति रक्सी सेवन गरेका शेर्पाले श्रीमतीमाथी कुटपिट गरी हत्या गरेको प्रहरीको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गर्दा उनको घटना स्थलमै मृत्यु भएको बताएका छन् । उनका अनुसार घटनाको खबर पश्चात प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले कुटपिट गर्ने शेर्पालाई शनिबार राति नै पक्राउ गरेको हो ।
