Thursday, May 21News That Matters

त्रिनपा १६ का कम्जोर घर परिवारलाई जस्ता वितरण

पूर्णपुष्टि, २९ वैशाख ।
त्रियुगा नगरपालिका १६ नं वडाका ११ घर परिवारलाई जस्ता वितरण गरिएको छ । ती ११ घर परिवार आर्थिक क्षेत्रमा पछि परेकाहरु हुन् । वडाअध्यक्ष मान वहादुर राईले वडामा संञ्चालन फुसको छाना विस्थापीत कार्यक्रमलाई वनको जस्तापाता वितरण कार्यक्रम सहयोग पुराएको जनाए । उक्त जस्तापाता सरस्वती सामुदायीक वन उपभोक्ता समितिले आ.ब.२०७९÷०८० को बार्षिक कार्यक्रम अन्तर्गत गरिबी निवारण शिर्षकमा वितरण गरिएका थिए । परिवार सबै कम्जोर त्रियुगा नगरपालिका (१६ वडा कार्यालय र वन डिभिजन कार्यालय उदयपुरको समन्वय तथा सहकार्यमा प्रति घरधुरी ३÷३ बण्डलका दरले जस्तापाता वितरण गरिएको हो ।

वनले गरेको यस कार्यले वडाद्वारा अघिसारिएको कुशका छाना विस्थापित तथा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा सहयोग पुगेको छ अध्यक्ष राईले भने,“ आगामी दिनमा यस किसिमका समुदाय केन्द्रित कार्यक्रम अझबढि योजना तर्जुमा गरि वडा, वन डिभिजन कार्यालय र सामुदायीक वन उपभोक्ता समितिले सहकार्य गर्दै वडालाई समृद्ध बनानउ पहल हुने राईले जनाए ।