Thursday, May 21News That Matters

आज अन्तर्राष्ट्रिय परिवार दिवस

पूर्णपुष्टि,जेष्ठ १ । आज मे १५ तारिख अर्थात अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा पनि मनाईंदैछ । हरेक मनिसको जीवनमा परिवारको महत्वबारे स्मरण गर्दै हरेक वर्ष मे १५ तारिखका परिवार दिवस मनाउने गरिएको छ ।

सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । राष्ट्र संघले दिवसको यो वर्षको नारा परिवार, स्वस्थ जीवन र दीगो भविष्य तय गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९३ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।

परिवार दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले दीगो विकास लक्ष्य हासिल गर्न परिवारका काम गर्न सक्ने क्षमताका सबैको उत्तिकै भूमिका रहने बताएका छन । उनले परिवारकै पहलबाट गरिबीविरुद्ध लडेर दीगो विकास लक्ष्य हासिल गर्न ढोका खोल्न सकिने विश्वास गरिएको बताएका छन ।