Thursday, May 21News That Matters

स्वास्थ्य परिक्षणको क्रममा टोप वहादुरले भने,” एक गिलास बियर पिएको छु

पूर्णपुष्टि, ३१ वैशाख ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी अन्त ः पक्राउ परेका छन् । रायमाझीलाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको हो । पक्राउ पश्चात रायमाझीको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गर्नेबेला एक गिलास बियर पिएको चिकित्सकसँग रायमाझिले बताए । , ‘एक गिलास बियर लिएको छु ।’ उनले परिक्षणको बेला भने, । रायमाझी बैशाख २० देखीनै फरारको सूचिमा थिए । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्यूरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएका थिए । उनलाई अहिले प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । उनलाई म्याद थपको लागी प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।