Monday, April 20News That Matters

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

पूर्णपुष्टि, असार १९ गते ।
मोरङमा श्रीमतीलाई आगो लगाई हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका श्रीमतीको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए । शरिर जली गम्भिर घाईते भएकी बबिताको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।