Thursday, May 28News That Matters

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको मृत्यु

खोटाङ, बैशाख २ गते । 

खोटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ । बाह्रपोखरी गाउँपालिका–१ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय ५० बर्षीया मेनुका राईले आफ्नै ५० वर्षीय श्रीमान  छकुमार राईलाई सोमवार दिउँसो १ बजे एक्कासी खुकुरी प्रहार गर्दा छकुमारको  घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।

श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको ईप्रका खोटाङ बजारले जनाएको छ ।