
पूर्णपुष्टि, असार २०
मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् ।
हत्या गर्ने श्रीमानलाई प्रहरीले गुवालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा शनिवार बिहान ५ बजे पक्राउ गरेको हो।
हिजो बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चाररपाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।
