Thursday, June 18News That Matters

श्रीमानविरुद्व उजुरी दिन आएकी महिला होटेलमा झण्डीन्

पूर्णपुष्टि,फागुन ९

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटेल एण्डमा एक महिला झुण्डीएको अवस्थामा शनिबार राति फेला परेको प्रहरीले जनाएको छ । उनी दुई दिनअघि आफ्ना श्रीमानविरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन पुगेकी थिइन् । उजुरी दिएर उनी होटेलमै बसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार महिला होटेलको कोठा नम्बर ११३ मा झुण्डिएको अवस्थामा मृत फेला परेकी हो ।

मृत फेला पर्ने महिला महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ बस्ने अन्दाजी ३५ वर्षीया समीक्षा पोखरेल पाण्डे रहेको प्रहरीले जनाएको छ ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।