
पूर्णपुष्टि, जेष्ठ १०
जङ्गली च्याउ खाएर संखुवासभामा एक जनाको ज्यान गएको छ । खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको ज्यान गएको हो ।
च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको वडाध्यक्ष सजीत राईले बताए ।
गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएका थिए ।
