
पूर्णपुष्टि, २५ माघ ।
संञ्चारीका समूह उदयपुरकी अध्यक्षमा गंगा राई चयन भएकी छिन् । राईको नेतृत्वमा १४ सदस्य समिति चयन भएको हो । शनिवार त्रियुगा नगरपालिकाको सभाहलमा भएको समिति गठनले गंगा राईलाई अध्यक्षमा सर्वसहमत गरेको हो । उपाध्यक्ष्मा उर्मिला दनुवार, सचिवमा जयन्ती तामाङ, सहसचिमा कविता राई, कोषाध्यक्षमा हिरा राई र सदस्यहरुमा अन्नता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुर्णा राई, आस्था ज्यु ठकुरी, देविका श्रेष्ठ, तारा मगर रहेकी छन् भने सल्लाहकारमा बन्दना दनुवार, रेवती पराजुली र सुमित्रा कोईराला छिन् ।