Tuesday, July 14News That Matters

सकरात्मक झुकाव सामुहिक चुल्हो सम्बन्धि गाईघाटमा ५ दिने तालिम

पूर्णपुष्टि, चैत्र १२ । सकरात्मक झुकाव सामिहिक चुल्हो सम्बन्धि गाईघाटमा ५ दिने तालिम संञ्चालन भैरहेको छ । बिहिबारबाट सुरु भएको तालिम सोमवार सम्पन्न हुने भएको छ । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तालिम संञ्चालन भैरहेको हो । तालिममा ११ जना कार्यालयकै सहकर्ता र बाँकी बिभिन्न पालिकाहरु त्रियुगा नगरपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ र उदयपुरगढीका समुदाय समुदाय स्तरबाट १५ जना सहभागी रहेको छ ।

सहभागीहरुले बालवालिकाहरुलाई सकरात्मक झुकाव चुल्हो अन्तरगत पोषणयुक्त बालबालिकाहरु तयार पार्नु पर्ने जनाएको छ । उनिहरुले आफ्नो कार्यक्षेत्रहरुमा कुपोषित बालबालिकाहरुलाई १२ दिन सम्म एकैठाउँमा राखेर पोषणयुक्त खानेकुराहरु तयार गर्ने र आमा बच्चा दुवैलाई खुवाएर स्वास्थ्य बनाउन मदत गर्नु पर्ने पोषण फिल अधिकृत प्रदिप रायमाझीले बताए । रायमाझीका अनुसार तालिममा सहभागी बिभिन्न पालिकाको समुदाय स्तरवाट उपस्थितहरुले भने आफ्नै गाउँठाउँमा उक्त कार्यक्रम संञ्चालन गर्नु पर्ने जनाएको छ ।

आफुहरुले तालिममा सिकेको सिप र आर्ईडिया समुदाय स्तरमा संञ्चालन गर्दै कुपोषित बालवालिकाहरुलाई पोषणको माध्यमद्धारा सुपोषित तर्फ उन्मुख गरी स्वास्थ्यमा सुधार गर्नु पर्ने जनाएको छ । रायमाझीले उक्त कार्यक्रमहरु बिषेशगरी पहाडी क्षेत्रहरुमा संञ्चालन गरिएको जनाए । गरिबीका कारण आवश्यकता शिक्षा र खानपानमा समस्या हुँदा कुपोषणको अवस्था निम्तिने उनले जनाए । सोही कारण पहाडी भेगका बालवच्चाहरुमा कुपोषणको सम्भावन देखिने जनाए । तालिममा एक दिन भने फिल भिजिट समेत गराईएको छ । रौतामाईको पुवाँरेमा त्यस ठाउँको बच्चाहरुको तौल लिने र त्यसको अवस्था बारे बुझ्ने कार्य भएको हो । बच्चाको तौल कम हुनुनै कुपोषणको मुख्य लक्ष्य रहेको भन्दै तालिमले त्यसबारे महत्वपूर्ण जानकारी दिएको छ । तालिममा रायमाझी, पोषण अधिकृत प्रशन्न कार्की र याम कुमारी गौतम पोषण फिल अधिकृतले सहजीकरण गरेकी थिर्ईन् ।