
पूर्णपुष्टि, माघ २४ गते । उदयपुरमा रहेको ८ ओटा स्थानीय तह मध्ये पहाडी बिकटको रुपमा मानिने लिम्चुङबु गाउँपालिकामा सडक स्तरउन्नतीले थप सफलता पाएको छ । यस पालिकालाई पर्यटन र उत्पादनको उत्गम स्थल पनि भनिएको छ । हिमालको मनोरम दृश्यहरुले लिप्त यस पालिकामा पर्यटनहरु पुग्न निकै असहज छ । राम्रो सडकको अभावमा पर्यटनहरु त्यहाँ पुग्न असहज मान्छन् भने त्यहाँको उत्पादनहरु बजार सम्म आउन सकस पर्छ । त्यहाँ कृषि उत्पादन र पर्यटनै मुख्य स्रोत रहेको पालिका अध्यक्ष मेजर कुमार राई बताउँछन् ।
सडकहरु गतिलो नभएकै कारण यस ठाउँमा यी पर्यटन र उत्पादनबाट आर्थिक स्रोतहरु गुमिरहेका छन् । पर्यटनमुखी बातावरण भएपनि त्यस ठाउँ सम्म गएर पर्यटकहरुले मनोरन्जन लिन सकिरहेको अवस्था छैन् भने उत्पादन बजार सम्म ल्याउन मुस्कील छ । पालिका अध्यक्ष मेजर कुमार राईले लिम्चुङबुङलाई (जिरो देखी हिरो) बनाउने भन्दै त्यसका लागि विकासे आयोजनामा फड्को मार्नु पर्ने बताएका छन् । लिम्चुङबुङलाई जिरो देखी हिरो तर्फ उनमुख गर्न आफु हर पल खटिरहेको समेत जनाएको छ । राईका अनुसार लिम्चुङबुङ हुँदै नेपालकै प्रमुख धार्मिक स्थल मध्ये एक मानिएका हलेसी धाम तर्फ जोडिएको सगरमाथा राजमार्ग यो बेला धमाधम निर्माण पनि भैरहेको छ । यस राजमार्गले भने लिम्चुङबुङलाई आर्थिक साझेदारमा सघाएको अवस्था छ । उक्त सडक निर्माण सँगै त्यहाँका जनताहरुले बिकासको अनुभुति गरिरको छ ।

उक्त सडक मुर्कुची, पुँवारे, डिल्लीबर लगायतका स्थानबाट लिम्चुङबुङ हुँदै हलेसी तर्फ जोडिएको छ । यस सगरमाथा राजमार्गले लिम्चुङबुङलाई जिरो देखी हिरो तर्फ उन्मुख गरिरहेको पालिका अध्यक्ष मेजर कुमार राई बताउँछन् । राईले लिम्चुङबुङबाट ८ हजार माथीका सगरमाथा लगायत ६ ओटा हिमाल एकै साथ देख्न सकिने र सुर्य उदाउँने र अस्थाउने पनि सोही स्थानबाट देख्न सकिने हुँदा यहाँ पर्यटनको अत्यादिन सम्वाभना भएको जनाए । उक्त राजमार्ग नेपाल सरकारबाट बैकल्पी राजमार्गको रुपमा उल्लेख गरिएको छ ।
यता अर्को धार्मिक पर्यटन सडक पनि निर्माण भैरहेको छ । उक्त सडक प्रदेश नं २ लगायत भारतका भक्तजन पुजारीहरु हलेसी धाम धार्मिक स्थल पुग्न सहज र छोटो हुने भन्दै निर्माण गरिरहेको छ । यो सडक लाहान कदमा नजिक सिसुवारी बाट कोल्टे घ्याम्पे, मयनटार, हाडेवास नेपालटार, दुम्सीटार, लिम्चुङ हुँदै हलेसी तर्फ पुग्ने जनाईएको छ । उक्त सडक प्रदेश नं २ र १ का बिभिन्न स्थानबाट करिब ७१ किलोमिटरमै यात्रा तय गर्न सकिने छ । सोही सडकमा पर्ने बाहुना खोलामा पुल समेत निर्माण गरिसकिएको अवस्था छ । उक्त पुललाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गा प्रसाद चापाई र सांसद नारायण बुर्जा मगरले गर्ने भएको छ । यी दुवै सडकले त्यस ठाउँमा उत्पादन भएको वस्तुलाई सरल र सहज तरिकाले बजार सम्म मुल्य पाउने अवस्थामा पुराउने छ र लिम्चुङबुङलाई जिरोबाट हिरो बनाउन मदत पुराउने छ ।
