Wednesday, June 10News That Matters

अग्नी पिडित परिवारलाई रौतामाईका पालिका अध्यक्ष मगरको निरन्तर सहयोग

पूर्णपुष्टि, माघ २५ गते । रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले आज पनि अर्का अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । मगरले पालिकावासी ५ नं वडा फोक्सीन्टारकी अग्नी पिडित तिलमाया राईलाई आफ्नो सेवा सुविधाबाट आर्थिक सहयोग गरेका हुन् । राईको माघ २० गते घरमा आगलागी हुँदा सबै आवश्यक सामान, खाद्यन्न, लत्ता कपडा जस्ता घरायसी वस्तुहरु जलेर नष्ट भएको थियो ।

पालिकाकी कर्मचारी कोपिला मगरका अनुसार राईलाई अध्यक्षको तलबबाट रु १० हजार आर्थिक सहयोग भएको बताईन् । मगरका अनुसार अध्यक्षले ४ नं वडा नचने बतासेका अग्नी पिडित बम बहादुर मगरलाई पनि नगद २६ हजार बराबरको आर्थिक सहयोग मंगलबार मात्रै गरेका थिए । फेरी बुधबार अर्का अग्नी पिडितलाई तिलमायालाई पनि अध्यक्षले सहयोग गरेको मगरले जनाईन् । अध्यक्ष मगरले पालिकामै अग्नी पिडित तिलमाया राईको लागि ख्यामाशेर राईलाई १० हजार बराबरको चेक प्रदान गरेका थिए ।