
पूर्णपुष्टि, माघ २५ गते । टर्कीमा गएको विनाशकारी भुकम्पपिडितका लागि नेपाल सरकारले राहत तथा पुनर्स्थापनाका लागि मेडिकल टिमसहित अत्यावश्यक सामाग्री पठाउने भएको छ । टर्कीमा सोमबार गएको दुई शक्तिशाली भुकम्पले ठुलो मानविय तथा भौतिक क्षति भएको छ । बुधबार दिउँसो राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सो निर्णय लिएको हो । उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले बैठकमा टर्की नेपालको असल मित्रराष्ट्र भएकाले सहयोग गर्नुपुर्ने बताए । दाहालले भने हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दु:खमा हामिले सहयोग गर्नु पर्ने भन्दै छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गर्नुपर्ने दाहालले भने । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।
