Monday, June 1News That Matters

सचिवकै कोठाबाट ३९ लाख सामाजिक सुरक्षा भत्ता चोरी

पर्णपुष्टि, असार ३१

वितरण गर्न राखिएको सामाजिक सुरक्षा भत्तावापतको ३९ लाख रकमा बझाङमा सचिवकै कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट बुङ्गल नगरपालिका वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख रकम मङ्गलबार राति चोरी भएको हो ।

सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासीहरुको भनाइरहेको छ ।

वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो ।

उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार बराबरको भत्ता वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।