Sunday, March 16News That Matters

सन्दिप लामिछानेको मुद्धाको बहस सकियो, फैसला आजै हुने

पूर्णपुष्टि, जेष्ठ २ । क्रिकेटर सन्दिप लामिछानेको नाबालिका बलात्कार सम्बन्धि मुद्धाको सुनुवाई सकिएको छ । मंगलबार उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा आज पेशी राखिएको थियो ।

न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ । यस अघि जिल्ला अदालत काठमाडौँले बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । काठमाण्डौँ अदालतको फैसला विरुद्ध लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।