Saturday, July 11News That Matters

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

पूर्णपुष्टि, पुष ७ । जबरजस्ती करणीको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछाने लाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । छोटो समयमा विश्व क्रिकेटमा पृथक पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध गत भदौ ५ गते भक्तपुर र काठमाडौँका बिभिन्न स्थानमा घुमाउन लगेर बेलुका गौशालाको एक होटलमा लामिछानेले जबरजस्ती करणी गरेको अभियोगमा पीडित किशोरीको पक्षबाट जाहेरी परेको हो ।

काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको पुनरावेदनमाथिको बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, लामिछानेको कानुन व्यवसायीका तर्फबाट पेसी स्थगित गरिएको हो ।