
पूर्णपुष्टि, फागुन २४ गते । उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–६ बस्ने १७ बर्षीय सुदिप बिष्ट रहेका छन् ।
हिजो मंगलबार अन्दाजी साढेँ १० बजेको समयमा सुदिप बिष्ट र बेलका नगरपालिका ४ गुरुङ चौरी बस्ने १७ बर्षीय जनम गतराज सप्तकोशीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बिष्ट पनिमा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएको खबर पश्चात अस्थाई प्रहरी पोष्ट कोठु, ई.प्र.का. रामपुर ठोक्सिलाको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहीनी मुख्यालय ईटहरीबाट आएको शसस्त्र प्रहरी गोताखोरकोे संयुक्त टोली घटना स्थलमा खटिएको थियो ।
बालकको खोज तलास गर्ने क्रममा बेलुका ४ बजे पौडी खेलेको स्थानबाट अन्दाजी १०० मिटर तलतिरबाट बिष्टको लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका (डिएसपी) राकेश पोदारले जनाकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरे पश्चात लाश पोष्टमार्टमको लागि घोपा धरान सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
