Thursday, May 7News That Matters

इन्जिनियरिङको डिग्रि सेकेण्ड टपरमा ‘उदयपुरका अबिशेक राजा शाही’

पूर्णपुष्टि, फागुन २४ । गाईघाट ।
उदयपुरको एक युवाले सरकारी इन्जिनियरको जागीरसंगै पढाईमा उच्च सफलता हाँसिल गरेका छन् । त्रियुुगा नगरपालिका ३ मोतिगडाका २८ वर्षिय अबिशेक राजा शाही ठकुरीले एमएससी, कन्ट्रक्सन मेनेजमेन्टमा युुनिभर्सिटि सेकेण्ड टपरको रुपमा डिग्री हाँसिल गरेका हुन् । पोखरा युनिभर्सिटि अन्तर्गत मोरङको मदन भण्डारी मेमोरियल एकेडेमीबाट २०७९ ब्याजीमा उनी दोस्रो उत्कृष्ट बन्न सफल भएका छन् । उनले सिजिपिए ३.९७ अङ्क प्राप्त गरेका छन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुुटामा इन्जिनियरको कामसंगै पढाईमा उच्च सफलता हाँसिल गर्नु सामान्य मानिदैन । पढाई र लक्षप्रतिको विशेष लगाव र मेहनतले सफलता मिलेको उनी बताउछन् । उनले पढाई र जागीरको तालमेल मिलाउन मुस्किल महशुस नगरेका होइनन् तर, चुनौतीको सामना गर्दै निरन्तर बढ्दा सफलता हाँसिल भएको बताए । “आफुले आफुलाई कहिल्यै ढाटिन” उनी भन्छन् “अनेक बहाना बनाएर जागिर वा पढाई कमजोर बनाउन सक्थे तर, त्यो कहिल्यै हुन दिइन ।” सहि र राम्रो सङ्गत सफलताको अर्को कडि रहेको उनले बताए ।
अन्य विकशित मुलुकको तुलनामा नेपाल धेरै पछि रहेको उनको बुुझाई छ । “अरुको तुलनामा दुुईसय वर्ष पछि छ हाम्रो देश” उनी भन्छन् । विकास निर्माणबाट देश उठाउनु पर्ने देखेका छन् उनले । त्यसका लागि देशलाई इन्जिनियर जनशक्तिको खाँचो परेको उनी बताउछन् । यसै कुरालाई ध्यानमा राख्दै उनले इन्जिनियरिङ रोजेका थिए ।
नेपालमा प्राकृतिक स्रोत साधन प्रशस्त रहेकाले विकासको सम्भावना पनि उत्तिकै रहेको उनको बुुझाई छ । विकासका लागि सबैमा शिक्षा र चेतना दिनुपर्ने तर्क उनको छ । यसो भएमा विकास निर्माणमा जो कोही आफ्नाे ठाउँबाट लागी पर्ने र देश विकासमा गति लिनेमा उनी विश्वस्त छन् ।
उदयसी अङ्ग्रेजी उच्च माध्यामिक विद्यालय जलजलेबाट २०६६ मा एसएलसी उतिर्ण गरेका उनी ख्वप उमावि भक्तपुरबाट प्लसटुु सकेका थिए । पुलचोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा २०७३ मा स्नातक शिक्षा पुरा गरी लगत्तै ०७४ सालमा सरकारी जागिरमा प्रवेश गरेका थिए ।
त्रियुुगा जनता बहुमुुखी क्याम्पस मोतिगडाका प्राध्यापक उनका बुुवा रबिन्द्र राजा शाहीले छोरोको निरन्तर मेहनत आफुहरुको प्रोत्साहन र प्रेरणाको फल प्राप्त भएको बताए ।