
पूर्णपुष्टि, फागुन २४ ।अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले ईन्गेजमेन्ट गरेका छन् । बुधबार ईन्गेजमेन्टको फोटो फेसबुकमा पोस्ट गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामि धेरै खुसी छौँ । आशिर्वाद दिनुहोला ।
बिहीबार चितवनको सौराहामा विवाह समारोह हुने भएको छ । समारोह हुनु अघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् ।
सार्वजनिक गरेको फोटोमा दुबैजनाले टिका र फुलमाल लगाएका छन् भने हातमा इन्गेज्मेन्ट रिङ पनि लगाएका छन् । विवाहमा सहभागि हुनका लागी आफन्त र परिवारजन चितवन जाँदैछन् । यी दुईले ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
