
पूर्णपुष्टि,कार्तिक १२
सप्तरीमा कारको ठक्करबाट आज बिहान एक वृद्धको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाका ७५ वर्षीय तिलक सुरेतको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा बा १८ च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा सुरेतलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार कारले ठक्कर दिएपछि भाग्न खाजेका कार चालकलाई प्रहरी चौकी मोहलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

