
पूर्णपुष्टि,कार्तिक ११
सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । साइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका–७ का मुकेश सिंहको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकल चालक र मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका–७ का २५ वर्षका अनिलकुमार यादवको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

