Friday, June 19News That Matters

समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन र एमाले भिड्दै

पूर्णपुष्टि, असार ७ गते ।
जिल्ला समन्वय समितिमा काँग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन र एमाले भिड्ने भएका छन् ।
गठबन्धन तर्फबाट एकिकृत समाजवादीका गौर बहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदवारी दिएका छन्, भने एकालेबाट इन्द्र राज कार्कीले मनोनयन दर्ता गरेका छन् । यस्तै उप–प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज प्रसाद गिरीले मनोनयन गर्दा, एमालेबाट हिम कुमारी विश्वकर्माले उम्मेवारी दिएकी छिन् ।
जिल्ला समन्वय समितिको निर्वाचन असार ९ गते हुदैछ । जसमा १६ जना मतदातामध्ये गठबन्धनका ११ र एमालेका ५ छन् ।