
पूर्णपुष्टि, माघ १३ ।
उदयपुर समाज काठमाडाैंले उदयपुरकाे त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा सञ्चालन भएकाे दुईदिने मृगाैला परिक्षण शिविरमा ३०० जनाले सेवा लिन पाए ।
आर्क ईन्टरनेशनल मृगाैला केन्द्रका डा. अर्पण सम्शेर राणाकाे नेतृत्वकाे चिकित्सक टाेलीले परिक्षणसंगै ओैषधिसमेत वितरण गरेका थिए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेकाे प्रमुख आतिथ्य तथा नेपाली सेनाकाे १८ नं. वाहिनिपति मनाेज वैदवारकाे विशेष आतिथ्यामा उद्घाटन भएकाे शिविरमा समाजकी केन्द्रिय सदस्य समृद्धि राणाकाे संयाेजन तथा ब्यवस्थापन रहेकाे थियाे । वडा नं. ३ का अध्याक्ष तिलक कटुवालले कार्यक्रम प्रभावकारी रहेकाे प्रतिकृया थिए । समाजका उपाध्यक्ष सन्दिप बस्नेत र महासचिव वसन्त कटवाल सक्रियपूर्वक शिविरमा खटेमा थिए ।
शिविरलाई त्रियुगा नगरपालिका र सर्पदंश उपचार केन्द्रकाे सहयाेग रह्याे ।
स्थापना भएकाे एक वर्ष नपुग्दै विविध सामाजिक गतिविधि गर्दै आएकाे समाजकाे नेतृत्व नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार मनाेहरी थापाले गरेका छन् । संस्था करिव १० महिना अघि उदयपुर प्रशासनमा दर्ता भएकाे थियाे ।