
पूर्णपुष्टि, १३ माघ ।
उदयपुरको गाईघाटमा पहिचान सचेतनाबारे प्रशिक्षण गराईएको छ । पहिचानवादी नेता तथा अभियान्ता पूर्व मन्त्री समेत रहेका गोपाल किरातीले बिषेश प्रशिक्षण दिईएको हो । किराती सँगै यायोख्खाको केन्द्रीय उपाध्यक्ष युवराज राई, आदिवासी जनजाति उदयपुरका अध्यक्ष डिवि गुरुङ लगायतले प्रशिक्षण दिएका थिए । प्रदेश नं १ पून : नामाकंन संघर्ष समितिको आयोजनामा शनिवार एक दिने बिषेश प्रशिक्षण गरिएको हो ।

पहिचान स्थापितको लागि अब सबै आदिवासी जनजाति एक हुनु पर्ने र प्रदेश नं १ बाट पहिचान सहितको अधिकार स्थापित गर्न किरात प्रदेश नामाकरण गर्न आवश्यक रहेको जनाए । आठओटै पालिकाका संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षणमा सहभागी गराईएको थियो । किरात प्रदेश नामाकरणमा दलहरुले धोका दिईएको भन्दै अबको आउँदो चुनावमा बिराच गर्नु पर्ने जनाए ।

