
पूर्णपुष्टि, १३ माघ ।
गाईघाटमा रहेको बिषहारा मल्टि स्पेशियालीटी डेन्टल क्लिनिकले सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर संञ्चालन गरेको छ । क्लिनिकका आरसिटी स्पेशालीटी एमडिएस डाक्कटर नारायण कुमार चौधरीले सप्तरीमा रहेको नबोदय बोर्डिङका १० जना ठुलो दन्त रोगी सहित १०५ जनाको शुक्रबार निुशुल्क दन्त चेक गरिएको जनाए ।

जस मध्य ५ जनाको निशुल्क दाँत निकाल्ने काम समेत भएको छ । बाँकीको भने २० प्रतिशत छुटमा दाँत निकालिएको छ । यस क्लिनिकले यस बाहेकका अन्य बिभिन्न विद्यालयमा पनि निशुल्क दन्त सिविर संञ्चालन गर्दै गएको छ । विद्यालयका बालबालिकाहरुलाई दाँत जोगाउने र रोग लाग्न बाट बच्ने उपायहरु बारे क्लिनिले जानकारी गराउँदै आएको छ । दक्ष जनशक्ति र स्रोत साधनले व्यवस्थित बिषहरा क्लिनिक पछिल्लो समय दन्त बिरामीहरुको प्रमुख रोजाई बन्दै गएको छ ।

