समीरका सय गीतहरु…

पूर्णपुष्टि (उदयपुर) पुस १९ ।

लेखक तथा गीतकार समीर राईको गीत (रचना)हरुको सङ्गालो “सय गीतहरु मेरा पनि” पुस्तक बजारमा आएको छ । उनले आप्mना गीतहरु मध्ये मनछुने सयवटा गीतहरुको सङ्गालो पुस्तक निकालेका हुन् । लेखक तथा गीतकार राईका अनुसार गायकहरुको सुमधुर स्वर र संगीतले भरिएर गीतहरु गुञ्जिरहेको भएपनि नेपाली गीत÷सङ्गीतका पारखीहरुलाई नजिकबाट पढ्नका लागि पुस्तक प्रकाशन गरिएाको हो । “साहित्य संसारमा गीतलाई पुस्तकमा पढ्नु अर्को स्वाद हुन्छ ।” राईले भने “तसर्थ मेरा गीतहरुलाई पुस्तकको रुप पनि दिएको हुँ ।”

उनले पुस्तकमा गीतहरु नेपाली मात्र हैन अङ्ग्रेजी पनि राखेका छन् । यसले अङ्ग्रेजी भाषामा पढ्ने र बुझने पाठकहरु बढ्नेछन् । साङ्गितिक फाँटमा कसले गायको, कसले संगीत भरेको भन्नेतिर ध्यान जान्छ । कसले रचेको भन्नेतिर त्यति ध्यान जादैन तसर्थ, गीतकार (रचनाकार) हरु प्रायः गुमनाम हुने गर्दन् । यस्ता पुस्तकले गुमनाम गीतकारहरुलाई संगीतका पारखी स्रोता, दर्शक र पाठकहरु माझ साक्षतकार गराउने छ ।

सिरहाको धनगढीमाई नगरपालिका–११ मा जन्मेका राई सानैदेखि लेखन तथा साहित्यमा रुची राख्दथे । यतिबेला गीत÷साङ्गीतको खुल्ला संसारमा लेखक तथा गीतकारको रुपमा स्थापित हुन सफल भएका छन् ।

उनका गीतहरुलाई नेपालको राष्ट्रिय गीतका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माईला) ले मनछुने गीतहरु भनेका छन् । गीतकार अरुण तिवारीले उनका गीतहरुमा प्रेम–पीडा, हर्ष–उन्माद, रस–आकर्षण बायु वेगको रुपमा भरिएको पाएका छन् । गीतकार तथा लेखक गणेश सुवेदीले फरक फरक विषयमा गीत लेखन सक्ने राईको सिर्जनशिलताको प्रशंसा गरेका छन् भने गीतकार जीवनकुमार सुनुवारले उनको यो कृतिलाई साहित्यिक चेतको शाहसको रुपमा बखान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: