
पूर्णपुष्टि, भदाै ५ ।
उदयपुरबाट प्रकाशित पत्रिका पूर्णपुष्टि साप्ताहिककी सम्पादक शान्ता राई आज दुर्घटनामा परी घाईते हुनु भएकाे छ ।
त्रियुगा नगरपालिका -१० बाेक्सेमा करमगाछिदेखि गाईघाटतर्फ आउदै गरेकाे प्रदेश १-०५-००१ प ३३६८ नम्बरकाे माेटरसाईकलले ठक्कर दिदा घाइते हुनु भएकाे हाे ।
अनुहार र दाहिने हातमा चाेट लागेकाे उहाँलाई उदयपुर अस्पतालबाट थप उपचारका लागि बिराटनगर लगिएकाे छ ।
माेटरसाईकल चालक त्रिनपा-१० का नरेन्द्र राई पनि घाईते भएका छन् । उनकाे पनि अनुहार र हातमा चाेट लागेकाे जनाईएकाे छ । घाइतेलाई उपचारमा पठाईएकाे र दुर्घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।
