Tuesday, May 5News That Matters

सरकारमा जाने जनमतको तयारी

पूर्णपुष्टि, १७ असार ।
जनमत पार्टी पून : सरकारमा जान तयार भएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।
आईतबार प्रधानमन्त्री समेत रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टी अध्यक्ष सिके राउतबीच भएको छलफलपछि जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

जनमत पार्टीका नेता अब्दुल खानका अनुसार प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ । ‘बजेट गरिएको असमानता हटाउने, मधेसमा बिना विभागीय मन्त्री बनाइएकालाई जिम्मेवारी दिने र केन्द्रको मन्त्रालयका विषयमा छलफल भएको छ,’ खानले भने ।

श्रोतका अनुसार आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्ने छ । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट मन्त्री भएका मध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा भित्र्याउने तयारीमा रहेका छन् ।