Sunday, August 9News That Matters

सरकार विरुद्ध उदयपुरमा पनि कांग्रेसको विशाल विरोध प्रदर्शन

रामबाबु राई

पूर्णपुष्टि, मंसिर २९

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशव्यापी रुपमा मंसिर २९ गते सरकार विरुद्ध विशाल विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस उदयपुरको आयोजनामा गाईघाटमा पनि विरोध र्याली सहित पिपलचोकमा सरकारको काम कार्वाहीको आलोचना गर्दै विरोध गरेका हुन् ।

सरकारले गरेका बिभिन्न काम कार्वाही चित्त बुझ्दो नरहेको र सरकार सच्चीनलाई अनेकौँ अबसरहरु दिँदा पनि खेर फालेको हँदा नेपाली कांग्रेस बाध्य भएर सडकमा सरकारको विरोध गर्न् पर्ने अवस्था आएको कार्यक्रममा बक्ताहरुले बोलेका छन् ।

बक्ताहरुले भ्रष्ट सरकारको आरोप लगाउँदै बरिष्ट नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिई दुव्र्यवहार गरेको समेत आरोप लगाएको छ । कम्युनिष्ट सरकारले देशमा भ्रष्टचार, बलत्कार, अन्याय अत्याचारलाई संरक्षण गरिरहेको अवस्थामा बरिष्ट नेता पौडेललाई दुव्र्यवहार गर्नु सरकारले थप गल्ती गरेको बक्ताहरुको भनाई छ ।

नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति भोजराज खतिवडा, नेपाली कांग्रेसका नेता तथा सांम्सद प्रमिला राई, प्रमुख सचेतक लगाएतका वक्ताहरुले अहिलेको सरकारको कुनै पनि काम चित्त बझ्दो नभएको र जनताहरुमा स्वतन्त्रता न्याय प्रतिकोे खडेरी रहेको बताउनुभयो ।

भ्रष्ट नेताहरुलाई केपी शर्मा ओलीले संरक्षण गरी देशमा भ्रष्ट सरकार मौलाएको समेत बक्ताहरुले आरोप लगाए ।

उदयपुरमा ८ ओटै पालिकाहरुबाट नेपाली कांग्रेसको जमात र सहभागी रहेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।