Sunday, February 15News That Matters

सरकार निर्माणको तयारीमा मुख्यमन्त्री कार्की, अर्थ मन्त्रालयमा एमाले-माओवादीको दाबी

पूर्णपुष्टि, जेष्ठ ३ । कोशी प्रदेश सरकार निर्माण प्रकृया अघि बढाउने तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्भव भएसम्म आजै सरकार निर्माण गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सरकार निर्माण गर्ने तयारी गरेतापनि सत्ता घटक माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डाको विषयमा सहमति भईसकेको छैन । कोशीमा माओवादीले आर्थिक मामिला तथा योजना मन्धालयसहित तीन वटा मन्त्रालयमा दाबी गरेको छ भने मख्यमन्त्री कार्की माओवादीलाई उक्त मन्त्रालयम दिन तयार छैनन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रलाई भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।

कोशीमा नौं वटा मन्त्रालय मध्ये एमालेले पाँच मन्त्रालय पाउने सहमति छ भने एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीका लागि छुट्याइएको छ । तर, केन्द्रीय गठबन्धनमै असन्तुष्टि राखिरहेको एकीकृत समाजवादी पार्टीले प्रदेशमा विपक्षमा बस्ने घोषण गरिसकेको छ ।

कोशीमा जसको नेतृत्वमा सरकार बन्छ त्यसले नै आर्थिक मन्त्रालय राख्नुपर्ने मुख्यमन्त्रीको अडान छ । ‘हामीले शक्ति सन्तुलनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्छ भनेका छौं, तर उहाँहरुले आलोपालो हुँदा जसको नेतृत्व सरकार बन्छ उही दलले आर्थिक मामिला तथा योजना मन्त्रालय राख्नुपर्छ भनिरहनु भएको छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आज थप छलफल गरेर टुङ्गोमा पुग्छौं ।’

दुई दलको सहमति अनुसार कोशीमा अब माओवादी केन्द्रले दुई वटा मन्त्री पठाउन पाउनेछ । एमालेले तीन जना मन्त्री पठाउनेछ । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एमालेबाट राम राना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।