Tuesday, June 9News That Matters

सरस्वती सामुदायिक वनको दर कार्यक्रम

पूर्णपुष्टि, भदौ ११
त्रीयुगा नगरपालिका–५ मा रहेको सरस्वती सामुदायिक वनले आफ्नो उपभोक्ताको लागी दर कार्यक्रम आयोजना गरेको छ । दर कार्यक्रम अघि महिला सशक्तिकरणका लागि सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।दर कार्यक्रममा सामुदायिक वनमा आवद्ध महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सो कार्यक्रम सामुदायिक वनले विकास गरेको मयुरवनमा गरेको थियो । सरस्वती सामुदायिक वनले आफ्नो वनक्षेत्रमा पर्यटकीय क्षेत्र ‘मयुरवन’ निर्माण गरेको छ । मयुर वनमा हिन्दु तथा किरात धर्मसम्बन्धी सामाग्री निर्माण गरेको छ । साथै वृक्षारोपण समेत गरी वनसंरक्षण गर्दै आएको छ ।सो कार्यक्रममा प्रमुख अतिथी त्रीयुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले सामुदायिक वनले महिला नेतृत्व बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताएकी थिईन । सो कार्यक्रमको सभापति सरस्वती सामुदायिक वनका अध्यक्ष दिपक बान्तवा राई रहेको थिए ।