Friday, May 22News That Matters

सर्पको टोकाईबाट नाबालिकाको मृत्यु

पूर्णपुष्टि, बैशाख, ३० । सुनसरीमा सर्पको टोकाईबाट एक नाबालिकाको मृत्यु भएको छ । सुनसरीको ईनरुवा नगरपालिका ८ डुम्राहा बस्ने दिनेश उरावको १० महिनाकी छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

शुक्रबार राति साढे १० बजेको समयमा आफ्नै घरको आगनमा खेलिरहेको नाबालिकाले मुसाको दुलोमा हात हाल्दा सर्पले टोकेको थियो । सर्पको टोकाईबाट घाईते भएकी नाबालिकालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याउने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।