Friday, May 22News That Matters

राठी मेनु फ्याक्ट्रीमा आगोलागीहुँदा २० करोडको क्षति

पूर्णपुष्टि, बैशाख, ३० । मोरङको राठी मेनु फ्याक्ट्रीमा आगोलागीहुँदा करोडौँको क्षति भएको छ । बुढीगंगा गाउँपालिका वडा नं ५ स्थितमा रहेको उक्त फ्याक्ट्रीमा शुक्रबार राति करिब २ बजेको समयमा बिधुत सट भई आगलागि हुँदा २० करोड बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फ्याक्ट्रीमा आगलागी भएको खबर पाउन साथ तत्काल घटनास्थल तर्फ खटिएको जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी निमुवा, CRV बासबारी, टंकि सिनवारीबाट खटिएको प्रहरी टोली र बारुण यन्त्रसहित अन्य ब्यक्तीहरुको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।