Sunday, June 14News That Matters

लागुऔषध गाँजा सहित गाईघाटबाट एक पूरुष पक्राउ

पूर्णपुष्टि, बैशाख ३० । उदयपुरमा लागुऔषध गाँजा सहित एक पूरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाँउपालिका ८ का ४९ बर्षीय डिक बहादुर मगर रहेका छन् ।

गाँजाको ओसार पोसार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा मगरलाई बिहिबार दिउँसो गाईघाट बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको साथबाट प्रहरीले ८ केजी ५८१ ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।