Thursday, June 18News That Matters

सर्वोच्चको आदेश बिरुद्ध बिरोध प्रदर्शन

पूर्णपुष्टि, २३ जेष्ठ । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरुले दुहवीको सुनसरीमा प्रदर्शन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिंदै अन्तरिम आदेशबारे छलफलका लागि २६ जेठ (आगामी शुक्रबार) दुवै पक्षलाई झिकाएको छ ।

सर्वोच्चको आदेशको विरोधमा युवाहरूले आइतबार साँझ पनि टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त आन्दोलनको नेतृत्व समाजबादी बिद्यार्थी युनियनको प्रदेश न १ को सदस्य युबा नेता चन्दनकुमार बैठाले गर्नुभएको थियो । बैठाले भन्नुभयो हाम्रो समस्या सर्बोच्चले बुझ्ने कि हैन ।