सवारि दुर्घटनाबाट चालकको मृत्यु, १ जना घाईते

पूर्णपुष्टि, पौष ४

सुनसरीको गढी गाँउपालिका–५ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् ।

हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाईकल पछाडि सवार गढी–६ कै २७ बर्षिय अक्षय राय समेत घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्‍याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: