Sunday, May 31News That Matters

सवारी दुर्घटनाबाट २ को ज्यान गयो, ३ जना घाइते

पूर्णपुष्टि, मंसिर १७
झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ, भने तीन जना घाईते भएका छन् ।
हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका–३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादैँ गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे १ क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका थिए । घाइते चालक बिर्तामोड नगरपालिका–९ का ४३ वर्षीय सम्पत राजवंशीलाई बि एण्ड सी अस्पताल बिर्तामोड पु¥याउन साथ ज्यान गएको अस्पतालले जनाएको छ । त्यस्तै, मोटरसाईकल पछाडी सवार रहेकी ३१ वर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भई सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका–१० का ३६ वर्षीय गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेको छ ।
यसैगरी, हिजो दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका–७ ग्वालब्बा स्थितमा बा ८ च ७७३५ नम्बरको माईक्रो भेनले सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते मध्ये सोही स्थान बस्ने २८ वर्षीया सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे ज्यान गएको छ । दुर्घटनामा घाईते भएका सोही स्थान बस्ने १९ वर्षीया सम्झना रिसिदेव र ७ महिना की आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो भेन, चालक गौरादह–४ का ३० वर्षीय अशोक कुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ ।
दुवै घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।