
पूर्णपुष्टि, फागुन ८ गते ।मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । मृत्यु हुनेमा सुन्दरहरैचा–५ का ५० बर्षीय चक्र बहादुर श्रेष्ठ र बिराटनगर–४ का २६ बर्षीय प्रकाश महत रहेका छन् ।
हिजो बिहान सुन्दरहरैचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक श्रेष्ठ घाईते भएका थिए । घाईते क्षेष्ठलाई उपचारको लागी बिराट टिचिङ अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दिन राती ११ बजे बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु.१८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुदा घाईते भएका महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो । घाईते भएका बिराटनगर–५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिण्णु परियारको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइृरहेको प्रहरीले जनाएको छ ।
