
सुनसरी, असोज २६
सुनसरीको विभीन्न ठाउँमा सवाी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
भोक्राहा नर्सिङ–१ स्थित राजमार्गमा प्रदेश न.२–०१–००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी हिजो दिउँसो सवाँ ४ बजे दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक १९ वर्षीय नरेन्द्रकुमार दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैचा निबासी ७० बर्षीय कृष्ण दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र चालक निन्त्रण्मा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो राती पौने १२ बजे भोक्राहानरसिंह–१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ ।
तत्काल नामथर वतन खुल्न नसकेकी अन्जादी ३८ बर्षीया महिला रहेकी जिप्रका सुनसरीले जनाएको छ । उनि ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिईन । उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखीएको छ ।
ट्रक चालक लालपुर–४ का ३२ बर्षीय अनुप चौधरी घाईते भएको छ । उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भईरहेको जिप्रका सुनसरीले जनाएको छ ।

