Saturday, June 13News That Matters

सवारी दुर्घटना ३ को मृत्यु

पूर्णपुष्टि, माघ ०९

उदयपुर, सुनसरी र मोरङमा बिहिवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा टाटासुमो र टेम्पो एक आपसमा ठोक्किदा टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको मृत्यु भएको छ ।

स १ च १४४६ नम्बरको टाटा सुमो र प्रदेश २–०१–ह ०७७४ नम्बरको टेम्पो आपसमा ठोक्किँदा घाईते भएका टेम्पो चालक राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–२ मा मोटरसाइकल अनियन्त्रित हुँदा सप्तरी कन्चनरुप नगरपालिका–११ का ३० बर्षीय रंजित सरदारको मृत्यु भएको छ ।

को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।